माओवादीलाई अझै पनि जंगलै प्यारो छ, माओवादीले जंगल कब्जा गरेर फेरि पनि जनतालाई जंगलमै राख्न खोजेको छ,' शुक्रबार दिउँसो घोराहीमा आयोजित एमाले नेता श्रीमणी आचार्यको दोश्रो स्मृति सभा तथा घोराही नगर कमिटीको अधिवेसन उदघाटन कार्यक्रममा उनले भने, 'माओवादीले जंगल देख्नै हुँदैन, कब्जा गर्न थालिहाल्छन् ।।' ओलीले माओवादीले अझै पनि जनतालाई जंगलमै बास बसाउन खोजेको बताए ।'कुनै पनि खाली जग्गा देख्न नहुने कस्तो अचम्म हो, फेरि उनीहरु जनतालाई जंगलमै लैजान चाहन्छन्,'
ओलीले माओवादीले जनतालाई चोरी खान सिकाएको बताए । 'गरिव देशका जनतालाई गरिखान पो सिकाउने हो । माओवादीले त लुटेर खान सिकाए । चोरी डकैती गर्न सिकाए,' उनले भने,'धनसम्पती चोर्न, कब्जा गर्न सिकाए । यसैगरी सबैले चोरी खान थाले कसले गर्छ काम ? सबैले चोर्दै गए अन्तमा देश कसले बनाउने ?'जवरजस्ती वनजंगल र सरकारी तथा व्यक्तिगत जमिन कव्जा गरेर भुमिहीन, सुकुम्वासी समस्या हल नहुने भन्दै नेता ओलीले माओवादीले साँच्चीकै भुमिहीनहरुको समस्या समाधान गर्न चाहेको भए निर्णायक थलोमा वसेर अघि वढ्न आग्रह गरे ।
गणराज्य घोषणा गरेर माओवादीले संबिधानसभाको औचित्य पनि समाप्त पारेको ओलीको भनाइ छ । 'कोणसभा गरेर गणराज्य घोषणा गर्ने भए यति ठूलो संबिधानसभाको के काम ?,' उनले भने,'कोणसभा गरेर संघियता बनाएको उदाहरण कहाँ छ ? यो मुलुकमा फेरि रक्तपात मच्चाउने खेल हो । यसले कसैको भलो गर्दैन ।' जनताले दलहरुलाई नयाँ संविधान निर्माणका लागि संविधानसभामा पठाएको उल्लेख गर्दै नेता ओलीले निर्णय गर्ने थलो छोडेर सडकमा कुर्लनुको कुनै अर्थ नहुने बताए ।
जनयुद्धबाट पार नलागेर शान्ति प्रकृयामा आएको माओवादीले अझै पनि जनयुद्धको ध्वाँस देखाउने गरेको ओलीले बताए । 'माओवादी जनयुद्धलाई महान भन्छ । महान भए किन छोडेर आएको ?,' उनले भने,'जनयुद्ध छोडेर आएपछि शान्तिपूर्ण कुरा गर्न सिक्नुपर्छ । बन्दुकको भाषा बोल्ने होइन ।' उनले माओवादीले अराजक गतिविधि जारी राखे सरकार चुप लागेर नबस्ने चेतावनी दिए । उनले माओवादीलाई हतियार र शक्तिको आडमा गर्ने राजनीति त्यागेर सत्यको राजनीतिमा आउन समेत आग्रह गरे ।
ekantipur