17228 Posts in 1618 Topics- by 1636 Members - Latest Member: bob1955

FORUM RULES

Pages: [1]
  Print  
Author Topic: दरबार र जुनार !!!  (Read 312 times) Average Rating: 0
cAp10 J
Global Moderator
Purple Shield
*

Fame: 217
Offline Offline

Posts: 1105


cap10jit@yahoo.com
Email
« on: October 22, 2008, 10:51:28 AM »

ऐतिहासिक गढी तथा एकैसाथ हिमाल र मधेशको दृश्यावलोकन, ताजा जुनार र लेकाली खानाको स्वादमा रमाउन राम्रो गन्तव्य हुनसक्छ महाभारत पर्वत शृङ्खलाको सिन्धुलीगढी।

झण्डै २४० वर्षअघि भीर- पहरा र उकाली-'राली छिचोलेर सिन्धुलीगढी पुग्न पृथ्वीनारायण शाहको फौजलाई निकै गाह्रो परेको थियो होला। काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको कप्तान किनलकको २,४०० जनाको अङ्ग्रेज सेनालाई काठमाडौं छिर्नबाट रोक्ने मिसनमा हिँडेको यो फौजको सिन्धुलीगढीमा अङ्ग्रेज सेनासँग जम्काभेट भयो। यही जम्काभेटले नेपालको इतिहासमात्र होइन, नक्सामै ठूलो फेरबदल ल्याइदियो। गढीको युद्धमा करिब एक हजार सेना मारिएपछि अङ्ग्रेजहरू फर्किन बाध्य भए र नेपाल एकीकरण सम्भव भयो वि.सं. १८२५ मा।
http://i297.photobucket.com/albums/mm228/zeetaax/article_img3909.jpg
दरबार र जुनार !!!

वीपी मार्गमा पर्ने गढी प्रवेशद्वार-आड।

अहिले यो ऐतिहासिक गढी पुग्न त्यति गाह्रो छैन। जापानको सहयोगमा बनिरहेको पर्यटकीय हिसाबले नेपालकै नमुना वीपी मार्ग (बनेपा-बर्दिबास) बाट आरामले गाडी चढेर सिन्धुलीगढी पुग्न सकिन्छ। गोरखालीले अङ्ग्रेजलाई हराएको गढी, लेकको खाना, भरिला जुनार र डाँडाबाट तराईको दृश्यावलोकन, सिन्धुलीगढीको मजा नै बेग्लै छ।

पृथ्वीनारायण शाहको बेलाको यो महत्वपूर्ण गढीको महिमा स्व. कृष्णविक्रम थापाको लोकप्रिय गीत सिन्धुलीगढी घुमेर हेर्दा मा राम्रोसँग गाइएको छ। तर, यो गीत सुन्ने जति धेरै छन्, सिन्धुलीगढी हेर्न जानेको सङ्ख्या भने कमै छ। इतिहासका अन्वेषक र प्राकृतिक सौन्दर्यका पारखीहरूका लागि यो जानै पर्ने ठाउँ हो। २४०० मिटर उचाइमा रहेको सिन्धुलीगढी क्षेत्रलाई सरकारले २००१ मा जुनार क्षेत्र घोषणा गरिसकेको छ, जहाँ बोटैबाट टिपेर जुनारको स्वाद लिन पाइन्छ।

गढी क्षेत्र आडबाट शुरु हुन्छ, जहाँ अङ्ग्रेजसँग मुख्य लडाइँ भएको थियो। यो नै गढीको प्रवेशद्वार हो। यहाँबाट उकालो लागेपछि देखिन्छ, झ्ारपातले ढाकिएको सिन्धुलीगढी। किल्ला, टुँडिखेल, तोप राख्ने घर, सेनाले कवाज खेल्ने र हातहतियार लुकाउने ठाउँसहित गढीको संरचना यथावत् छन्। राणाकालमा पूर्व २ नम्बर क्षेत्रको बडाहाकिम अड्डा बनाएपछि उक्त गढीमा फौज राख्ने छाउनी, भन्सार, हुलाक र अदालतसमेत राखिएको थियो। सिन्धुलीगढी संरक्षण तथा सम्वर्द्धन समितिका सचिव पत्रकार विवश वस्तीका अनुसार गढी युद्धका अवशेषहरूको संरक्षण र राणाकालमा बनाइएका दरबारहरूको जीर्णोद्धारको काम अहिले भइरहेको छ।

मा'वादीले सशस्त्र विद्रोह शुरु गरेको दिन १ फागुन २०५२ मा रोल्पा र रुकुमसँगै सिन्धुलीगढी दरबारमा रहेको प्रहरी चौकीमाथि पनि हमला गरेका थिए। पत्रकार वस्तीका अनुसार यसलाई अङ्ग्रेज फौजमाथि विजय हासिल गरेकै ठाउँबाट सामन्तवादविरुद्ध विद्रोह शुरु गरेर ऐतिहासिक कडीलाई जोड्न खोजेको बताउँछन् मा'वादीहरू।

बासु क्षितिज
सिन्धुलीगढीको अर्को आकर्षण हो यहाँको मनोरम प्रकृति। महाभारत पर्वत शृङ्खलाको बीचमा पर्ने गढी चिसो हावापानी भएको जीवन्त लेक हो। चैत-वैशाखमा डाँडै राताम्मे हुनेगरी फुल्ने गुराँसले मोहित तुल्याउने गढीमा कात्तिक-मङ्सिरमा पाखाभरी पहेँलै देखिने जुनारले कसलाई नलोभ्याउला र! अहिले यहाँ जापानी सहयोगमा उन्नत जुनार खेती भइरहेको छ। जैविक विविधताले भरिएको अमिलो जातका फलफूलको उर्वरभूमि गढी क्षेत्रमा सुनाखरी पनि पाइन्छ। यहाँबाट गौरीशङ्कर र अन्य हिमाल, चुरेपर्वत र तराईका फाँटमात्र होइन केही भारतीय शहरसमेत देखिन्छन्। गढी आसपास क्षेत्र घुम्दा लोपोन्मुख हायु जातिको संस्कृति र रहनसहनका बारेमा पनि थाहा पाउन सकिन्छ।

http://i297.photobucket.com/albums/mm228/zeetaax/article_img3908.jpg
दरबार र जुनार !!!

पुग्ने कसरी?
प्रवेशः    बर्दिबास, बनेपा
यातायातः    पैदल, बस, हवाईजहाज
बासः    होटल, स्थानीय घर र क्याम्प
अवधिः    २―४ दिन
आकर्षणः    गढी र जुनार खेती
उचित मौसम    असोज-वैशाख
खर्चः    रु.२५००-रु.८००० सम्म
उचाइः    २४०० मिटर

http://i297.photobucket.com/albums/mm228/zeetaax/article_img3910.jpg
दरबार र जुनार !!!


काठमाडौँबाट सिन्धुलीगढी पुग्ने दुई वटा रुट छन्। नारायणगढ, हेटौँडा, बर्दिबास हुँदै सिन्धुलीगढी पुग्न करिब ४०० किमि बसयात्रा गर्नुपर्छ। अथवा हवाईजहाजमा जनकपुर 'र्लेर बर्दिबास हुँदै करिब तीन घण्टाको बसयात्राबाट पनि पुग्न सकिन्छ। जनकपुर, बर्दिबास वा सिन्धुली बजारमा पहिलो बास बसेर दोस्रो दिन गढी चढ्नु राम्रो हुन्छ। सिन्धुलीगढीलाई गन्तव्य बनाउँदा यहाँबाट करिब ७० किमि टाढाको धार्मिक नगर जनकपुर पनि छिर्न सकिन्छ। रिक्सा चढेर एकै दिनमा जनकपुरका मन्दिर, पोखरी र माछा हेरेर सिन्धुलीगढीतिर लाग्न भ्याइन्छ।

बर्दिबासबाट चुरेपर्वत, भिमान बजार र माइस्थान मन्दिर हुँदै ३७ किमिको बसयात्रापछि सिन्धुली जिल्लाको सदरमुकाम माडीबजार पुगिन्छ। पोखरापछि नेपालकै धेरै पानी पर्ने यस उपत्यकामा खाना र बासका लागि राम्रा होटल र लजहरू छन्। यी साना होटलहरूमा साग-सिस्नु, लोकल कुखुराका साथमा कोशीका माछाको पनि मजा लिन सकिन्छ। बजारबाट २० किमि नागबेली परेको मोटरबाटो वा तीन घण्टा पैदल उकालो चढेपछि महाभारतको टुप्पोमा रहेको गढी पुगिन्छ।

काभ्रेको बनेपाबाट सिन्धुलीको झ्ाँगाझ्ोली, रातमाटा, खुर्कोट हुँदै सिन्धुलीगढी पुग्ने अर्को रुट पनि छ। तर बनेपा-बर्दिबास बाटो जोडिन अझ्ै बाँकी भएकाले यो रुटमा एक दिन पैदलयात्रा गर्नुपर्छ, सुनकोशीको तीरैतीर रातमाटादेखि खुर्कोटसम्म। वीपी कोइरालाको जन्मस्थान दुम्जाबेंसी र सिन्धुलीको पुरानो बजार रातमाटा यही रुटमा पर्छन्। खुर्कोट माझ्ीहरूको पुरानो वस्ती भएकाले यहाँ यो जातिको संस्कार र संस्कृति जीवन्त छ।


source: HIMALKHABAR
Logged
Pages: [1]
  Print  
 
Jump to: