17228 Posts in 1618 Topics- by 1636 Members - Latest Member: bob1955

FORUM RULES

Pages: [1]
  Print  
Author Topic: मोबाइल प्रिन्टर !!!  (Read 333 times) Average Rating: 0
cAp10 J
Global Moderator
Purple Shield
*

Fame: 217
Offline Offline

Posts: 1105


cap10jit@yahoo.com
Email
« on: December 06, 2008, 04:55:43 PM »


काम उही तर गुणस्तर अझ बढी। प्रविधिका दृष्टिले केही विकसित र काम गर्न अझ सहज। मोबाइल प्रिन्टर’ को आगमनले यही अनुभूति दिलाएको छ उपभोक्तालाई। डेक्सटप प्रिन्टरबाट अब उपभोक्ता मोबाइल प्रिन्टरतर्फ मोडिँदै छन्।
तार फिँजाइराख्नु नपर्ने, कम्प्युटरको आवश्यकता पनि नपर्ने, सीधै मोबाइल तथा क्यामराबाट प्रिन्ट दिन सकिने । पूर्ण रूपमा बेतार -वायरलेस) प्रविधि। आवश्यक परे कम्प्युटर तथा ल्यापटपबाट पनि सहजै प्रिन्ट दिन सकिन्छ तारको प्रयोग नगरी नै।

मोबाइल प्रिन्टरको जन्म भर्खरै भएको हो। यसैले धेरैलाई यो नौलो लाग्नु स्वाभाविक हो। सूचनाप्रविधिसम्बन्धी विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय दुई कम्पनी ह्विलेट-प्याकार्ड -एचपी) र क्याननले यसको विकासमा लगातार प्रयास गर्दै आएका थिए। क्याननले केही पहिले नै मोबाइल प्रिन्टर बजारमा ल्याएको थियो भने एचपीले गएको हप्ता मात्र यसलाई बजारमा ल्याएको छ। यसले अब परम्परागत प्रिन्टरलाई चुनौती मात्र दिने होइन, पूर्ण रूपमा विस्थापित गर्ने आँकलन प्रविधिपण्डितले गरेका छन्।

आकारमा सानो, बोकेर हिँड्न सजिलो, विद्युत् नभएमा ब्याट्रीबाट काम चलाउन सकिने, तारको प्रयोग गर्नुनपर्ने, उच्च गुणस्तरको प्रिन्ट, छिटोछरितो आदि विविध विशेषताका कारण छिट्टै नै यसले परम्परागत प्रिन्टरलाई विस्थापित गर्ने विश्वास धेरैको छ।

एचपीले गएको हप्ता एकसाथ बजारमा ल्याएका तीन प्रकारका मोबाइल प्रिन्टरमा एच ४७०, एच ४७० बी र एच ४७० डब्ल्यूबीटी मोडल रहेका छन्। एचपीले यी प्रिन्टरको मूल्य २ सय २४ देखि ३ सय १४ अमेरिकी डलरसम्म निर्धारण गरेको छ। प्रविधिविज्ञले एचपीका तीन मोबाइल प्रिन्टरमध्ये एच ४७० डब्ल्यूबीटीलाई सबैभन्दा उत्कृष्टको दर्जा दिएका छन्।

एच ४७० डब्ल्यूबीटीमा महत्त्वपूर्ण पोर्टहरू पिक्टब्राइड यूएसबी, स्ट्यार्न्र्डड यूएसबी र एसडी/मिनी एसडी/एमएमसी स्लट समावेश गरिएका छन्। यो प्रिन्टर साधारण डेक्सटप प्रिन्टरभन्दा सानो छ। यसको बनोट ३ दशमलव २५ इन्च उचाइ, १३ दशमलव ४ इन्च चौडाइ रहेको छ। ४ दशमलव ५ पाउन्डको यो मोबाइल प्रिन्टर सानो ब्याग तथा ब्रिफकेसमा बोकेर सहजै हिँड्न सकिन्छ।

एचपीको एच ४७० डब्ल्यूबीटीमा एकपटकमा ५० थान कागज राख्न सकिन्छ, जबकि क्याननको पिक्समा आईपी९०भी मोडलमा ३० प्रति मात्र राख्न सकिन्थ्यो। एचपी र क्याननका मोबाइल प्रिन्टरमा ँब्ल्याक इन्क’ र ँट्राई-कलर’ दुईथरी काट्रिज प्रयोग गर्न सकिन्छ। एचपीको एउटा ब्ल्याक इन्क कार्टिजबाट ५ सय प्रति प्रिन्ट गर्न सकिन्छ, जसअनुसार प्रतिपेज प्रिन्ट खर्च ३ दशमलव ९ सेन्ट पर्न जान्छ। यस्तै एउटा कलर कार्टिजबाट भने ३ सय ३० प्रति प्रिन्ट दिन सकिने उल्लेख गरिएको छ।

एच ४७० डब्ल्यूबीटीले श्यामश्वेत टेक्स्ट प्रतिमिनेट ५ दशमलव ५१ पेज प्रिन्ट गर्न सक्छ। यो गति क्यानन आईपी९०भी मोबाइल प्रिन्टरको भन्दा केही कम हो।

मोबाइल प्रिन्टरमा ब्लुटुथ सुविधासमेत उपलब्ध गराइएको छ, जसका कारण १० फिटको दूरीबाटसमेत प्रिन्ट दिन सकिने बताइएको छ। मोबाइल कामदारलाई लक्षित गरी विकास गरिएको मोबाइल प्रिन्टरले अहिले सबै किसिमका उपभोक्ताको ध्यानाकर्षण गरेको छ।


Logged
Tech Girl V 0.01 [MONI]
Administrator
Brown Shield
*

Fame: 480
Offline Offline

Posts: 2226


Tech Girl V 0.01 [MONI]


« Reply #1 on: December 11, 2008, 07:32:50 PM »

Wow! I like it but k garum its v-expensive for me to buy. But damiz lago
Logged

Pages: [1]
  Print  
 
Jump to: